IME Life

सप्ताहिक बीमा समीक्षाः बीमा समितिको गैर स्थलगत अनुगमनदेखि जीवन बीमक संघको संहिता कार्यदलसम्म

SPIL
NIC ASIA

काठमाडौं । यो साता बीमा क्षेत्रमा नियामक निकाय बीमा समितिले गैर स्थलगत अनुगमनदेखि जीवन बीमक संघले आचार संहिता बनाउन कार्यदल गठन गरेको लगायतका समाचारले मुख्य स्थान पाएका छन् ।

यो साता बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन, बीमा समितिद्धारा गैरस्थलगत सुपरिवेक्षण कार्यविधि पारित, दाबी भुक्तानी, लगायतका समाचारले बीमा क्षेत्रमा स्थान पाएका छन् ।

Prabhu
Crest

आचार संहिता बनाउँदै जीवन बीमक संघ : केही समय पहिले गठन भएको जीवन बीमक संघ जीवन बीमालाई अझै व्यवस्थित, मर्यादित बनाउन आचार संहिता बनाउने अभियानमा जुटेको छ । आचार संहितामार्फत जीवन बीमा व्यवसायलाई अझै व्यवस्थित र मर्यादित बनाउने योजना अन्तर्गत कार्यदल बनाएर काम भइरहेको बीमा समितिले जनाएको छ ।

गैरस्थलगत सुपरिवेक्षण कार्यविधि पारित : बीमा समितिले आफू मातहत रहेका बीमा कम्पनीहरुको कार्यालयबाटै नियमन गर्न मार्गप्रशस्त गरेको छ । बीमा कम्पनीहरुलाई जोखिमको विश्लेषण गरेर समितिले अब कार्यालयबाटै नियमन गर्ने सम्बन्धी एक निर्देशिकालाई पारित गरेको जनाएको छ ।

बीमा समितिले कम्पनीहरूको नीतिगत तथा सञ्चालनको सम्बन्धमा तथ्यांक संकलन गरी सुक्ष्म निगरानी गर्नेछ । सो निगरानीको बखत आवश्यक परेका बेला बीमा कम्पनीहरुलाई निर्देशन दिने बाटो खुल्ला गर्न बीमा समिति आन्तरिक निर्दे्शिका बनाई लागू गरेको जनाएको छ ।

निक्षेप बिक्रीका लागि पुनर्बीमा कम्पनीद्वारा बोलपत्र आह्वानः नेपाल पूनर्बीमा कम्पनीले निक्षेप बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । दुई वर्ष अवधिका लागि क बर्गका लागि बाणिज्य बैंकहरुलाई मुद्धती निक्षेप खरिदका लागि झण्डै एक महिनाको अवधीमा तेस्रो पटक बोलपत्र आह्वान गरेको हो । कम्पनीले सूचना जारी गर्दै वाणिज्य बैंकहरुसँग माघ २६ गते सम्ममा गोप्य शिलबन्दी फारम बुझाउन आह्वान गरेको छ ।

रिलायन्स लाइफको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक : रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६० करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

एभरेष्ट इन्स्योरेन्सद्धारा चालु आर्थिक वर्षका दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक : एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको अवधिमा कुल बीमाशुल्क आर्जन २५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा ४८ करोड ६२ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

प्राइम लाइफको वित्तीय विवरण प्रकाशन :कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५९ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ । प्राइम लाइफको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि हुँदै १० अर्ब १३ करोड पुगेको छ । जगेडा कोष पनि ७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४ करोड पुगेको छ । कम्पनीले ३४ करोड १२ लाख कुल दावी भुक्तानी गरेको छ ।

एशियन लाइफको वित्तीय विवरण प्रकाशन : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । एशियन लाइफको जीवन बीमामा १९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको वित्तीय विवरण प्रकाशन : सद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको हो ।

यूनाइटेड इन्स्योरेन्सको वित्तीय विवरण प्रकाशनः कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन ५४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस पटक मुनाफा र बीमा शुल्क आर्जन दुवै वृद्धि गर्न सफल भएको छ ।

महालक्ष्मी लाइफको वित्तीय विवरण प्रकाशन : कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ संचिती गरेको छ । पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

सानिमा लाईफ इन्स्यारेन्सको वित्तीय विवरया प्रकाशनः चालु आवको दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गर्न सफल भएको छ । कम्पनीले जीवन बीमा शुल्कमा उछाल ल्याएको छ । सुरुको तीन महिनामा १३ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा मात्रै साढे २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर प्रगति गरेको हो ।

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित : प्रभु इन्स्योरेन्सले माघ २४ गते २४ औँ वार्षिक साधारण सभा प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा सम्पन्न गरेको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि समेत गरी ११.३२ प्रतिशत नगद लाभांश गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गरेको छ ।

गुराँस लाईफको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत : गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बोर्डले गुराँस लाईफको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर स्वीकृत गरेको हो ।

न नेपाल लाईफद्वारा आईपिओे निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन : सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । लगायतका विविध समाचारले यो साता बीमा क्षेत्रमा चर्चा कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS