SKIP THIS

IK Anniversary
IME Life

गुडविल फाइनान्सको नाफा बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड २२ लाख नाफा कमाएको फाइनान्सले ८६ प्रतिशतले बढी हो ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा ३५ करोड १२ लाख रुपैयाँ सञ्चित गर्दा प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ३९ पैसा कायम भएको छ । फाइनान्सको शेयरधनी कोषमा १४ करोड ५४ लाख र शेयर प्रिमियम रकम २४ लाख ७५ हजार रुपैयाँ छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा फाएनान्सले ७ अर्ब ९२ करोड निक्षेप संकलन गरि ६ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । यसबाट फाइनान्सले ११ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी २४ लाख घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ८ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

त्यसैगरी, फाइनान्सको खराब कर्जा अनुपात बढेर १.२५ प्रतिशत पुग्दा पूँजीकोष अनुपात १७.७२ प्रतिशत, र मूल्य आम्दानी अनुपात २१.६६ गुणा छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसाबाट बढेर १५ रुपैयाँ ८१ पैसा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS