IME Life

महालक्ष्मी लाइफको कूल बीमा शुल्क आर्जन १७१% ले बढ्यो, जीवन बीमा कोष ४२ करोड ३४ लाख

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।
१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ३ करोड २४ लाख रुपैयाँ मात्र संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा ७७ प्रतिशतले संचिती बढी हो ।

पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३१ करोड ११ लाख रुपैयाँ मात्र रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ३६ प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिसम्ममा कम्पनीले ९ लाख ६६ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बैदेशीक रोजगार पुल मार्फत कम्पनीले सोही मात्रको बीमा दाबी भुक्तानी गरेको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३८५ प्रतिशतले बढी हो । कुल दाबी भुक्तानी भने शुन्य छ ।

त्यस्तै, यस अवधिसम्म कम्पनीको कूल कायम रहेको जारी बीमालेख संख्या ६ हजार ७ सय ६९ वटा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ हजार २ सय ९१ वटा मात्र बीमालेख जारी गरेको थियो ।

कम्पनीको नाफा १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४० पैसा रहेको छ ।

नोट : बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS