IME Life

यूनाइटेड इन्स्योरेन्सको जगेडा कोष १३४% ले बढ्दा, प्रति शेयर आम्दानी कसरी घट्यो ?

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन ५४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ३५ करोड ६८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा १० करोड ३२ लाख रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ४ करोड ४० लाख रुपैयाँ मात्र संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा १ सय ३४ प्रतिशतले संचिती बढी हो ।

पुष मसान्तसम्ममा कम्पनीको बीमा कोषमा ३३ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३० करोड ६८ लाख रुपैयाँ मात्र रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष १० प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिसम्ममा कम्पनीले १० करोड ११ लाख रुपैयाँ मात्र दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कूल दाबी भुक्तानी २९ प्रतिशतले घटेको हो ।

त्यस्तै, यस अवधिसम्म कम्पनीले ५० हजार ९ सय बीमा लेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ हजार ६ सय १२ वटा मात्र बीमालेख जारी गरेको थियो ।

कम्पनीको नाफा १६ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म कम्पनीले २ करोड २ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तुलनामा घटेको छ । यस अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा रहेको छ ।

कम्पनीको व्यापार र नाफा उल्लेख्य रुपमा बृद्धि भएको भएपनि प्रतिशेयर आम्दानी घट्नुको कारणमा कम्पनीले यसै वर्ष जारी गरेको हकप्रद शेयर हो । गत आवको मसान्तसम्म ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजि भएको सो कम्पनीले यस आवमा २४० प्रतिशत हकप्रदश शेयर जारी गरेका कारण शेयरको संख्या बृद्धि हुँदा प्रतिशेयर आम्दानी घटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS