IME Life

क्षतविक्षत भएको जहाज ११ वर्ष पुरानो, बीमा दावी कति पर्ला ?

SPIL
NIC ASIA

काठमाडौं । टर्कीको इस्तानबुल विमानस्थलमा अवतरणको क्रममा चिप्लिन पुगेको पेगासस एयरको जहाज दुर्घटनामा ठूलो मावनीय क्षति जोगिए पनि जहाज कामै नलाग्ने गरी क्षतविक्षत भएको छ । सो जहाज ११ वर्ष पुरानो भएको खुलेको छ ।

१७७ जना यात्रु, छ जना चालक दलका सदस्य तथा जहाज परिचारिकाहरु सवार पेगासस एयरलाइन्सको बोईङ ७३७ जहाज इस्तानबुलको सविहा गोक्सेन विमानस्थलमा अवतरणको क्रममा चिप्लिएर कान्लामुनी खस्न पुगेको थियो । घटनामा तीन जना यात्रुको मृत्यु भएको छ भने १७० भन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै उद्धार गरेकाले ठूलो मानवीय क्षति रोक्न सम्भव भएको छ ।

Prabhu
Crest

बोई ७३७–८०० सेरिजको ११ वर्ष पुरानो जहाजको मूल्य झण्डै चार अर्ब पाँच अर्ब रुपैयाँ पर्ने अन्तर्राष्ट्रिय बजार मूल्य सर्वेक्षणले देखाएको छ । घटनामा तीन जनाको मृत्यु भएकोले करिब दुई देखि तीन करोड रुपैयाँ मृत्यु दावी भुक्तानी गर्नुपर्नेछ । त्यस्तै १७० जना घाइतेको उपचार खर्च बापत कम्पतीमा पाँच करोड जति व्यहोर्नुपर्ने देखिएको छ । जहाजमा रहेको लगेजमा पुगेको क्षति, कार्गोमा रहेको समानको बीमा समेत गर्दा करिब पाँच अर्ब हाराहारीमा सबै सेटलमेन्ट हुने देखिएको छ ।

सन् २००९ मा बनेको उक्त जहाज सुरुमा एयर बर्लिनले १७ फ्रेबुअरी २००९ मा जहाज निर्माता कम्पनीसँग डेलिभरी लिएको थियो । २३ जनवरी २००९ मा पहिलो उडान भरेको जहाज सात वर्षसम्म बर्लिन एयरलाईन्सको नाममा युरोपमा उडान भरेको थियो । सन् २०१६ मा इजैर एयरलाइन्सले खरिद गरेको थियो । अर्को वर्ष कम्पनी नै पेगासस एयरलाइन्समा मर्ज भएपछि उक्त जहाजले पेगाससको झण्डा बोकेर आकाशमा उड्न थालेको थियो ।

पेगासस एयरलाईन्सको इतिहास हेर्दा यसअघि पनि जहाज धावनमार्गबाट चिप्लिएको थियो । कूल ८३ वटा जहाजका साथ ४७ वटा बोईङ र ४६ वटा एयरबसले सेवा दिँदै आएको पेगासस एयरको एउटा जहाज भने कामै नलाग्ने गरी दुर्घटनामा गुमाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS