प्रभु बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार

Citizen Life Insurance Co

काठमाडौं । प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिकाका वडा नं. २, १३ र २६ मा एकैसाथ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्घाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले गरे ।

त्यस्तै, वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेखबहादुर तामाङ र वडा नं. २६ स्थित अर्घौंचोक शाखाको लेखनाथ उद्योग वाणिज्य संघ, पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरे ।

यससँगै बैंकका देशभर २०८ शाखा पुगेका छन् । बैंकका १५७ ओटा एटीएम, ४३ ओटा एक्स्टेन्शन सेवा र १७ स्थानमा शाखारहित सेवा पनि सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार