Prabhu Life Ad Final

आक्रमक व्यापार गर्दै एशियन लाइफ, जीवन बीमा कोषमा १९ अर्बमाथि, अन्य सूचक कस्तो ?

IME PAY

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । एशियन लाइफको जीवन बीमामा १९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब रुपैयाँ रहेको थियो ।

NCHL

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड रुपैयाँ मात्र संचिती रहेको थियो ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबापत इन्स्योरेन्सले ४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीले १२ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको बीमालेख संख्या २ लाख ८३ हजार ३ सय ९५ वटा बीमालेख जारी भएको छ । प्रति शेयर आम्दानी भने १२ रुपैयाँ ७ पैसा रहेको छ ।

नोट:जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x