IME Life

स्वाबलम्बन लघुवित्तको नाफा ५३% ले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव ८२ प्रतिशत बढी हो ।

७९ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब २८ करोड ९ लाख रुपैयाँ सञ्चित छ । ८ अर्ब ५७ करोड निक्षेप तथा ६ अर्ब ३० करोड सापटीबाट १५ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ ।

Prabhu
Crest

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड ९९ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १५ करोड ६ लाख रुपैयाँ बढेर ४१ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रति शेयर आम्दानी ६६ रुपैयाँ ७६ पैसा कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको इपीएस १२ रुपैयाँ ८ पैसाले बढी हो । प्रतिशेयर नेटवर्थ २६१ रुपैयाँ ६५ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १४.६७ गुणा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS