Prabhu Life Ad Final

म्यादी बीमा पुल व्यवस्थापन गर्ने चार कम्पनीले संकलन गरे सवा अर्ब, कुन कम्पनी अगाडि ?

IME PAY

काठमाडौं । बैदेशिक रोजगारीमा जानेहरुको म्यादी बीमाको पुल व्यवस्थापन गर्दै आएका चार वटा जीवन बीमा कम्पनीहरुले चालु आवको छ महिनामा करिव सवा एक अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिले बैदेशिक रोजगारीमा विदेश जाने नेपाली कामदारका लागि गर्दै आएको म्यादी बीमाको पुल व्यवस्थापक चार कम्पनीहरुलाई अनुमति दिएको छ । सोही बमोजिम चार वटा कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने युवाहरुको म्यादी जीवन बीमा गर्दै आएका छन् ।

NCHL

म्यादी बीमा गर्नको लागि हाल श्रम तथा रोजगार विभागमा १४ जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । म्यादी बीमा गर्नको लागि हाल चार बीमा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फते सेवा दिइरहेका छन् । हाल नेशनल लाइफ, सूर्या लाइफ, युनियन लाइफ र रिलायबल लाइफ इन्स्योरेन्सले म्यादी बीमा गर्ने अनुमति पाएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्मम जीवन बीमा कम्पनीहरुले वैदेशीक रोजगार बीमाशुल्कबाट एक अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चारवटा बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा वैदेशीक रोजगार बीमा मार्फत ८ लाख २२ हजार १ सय ४७ वटा बीमालेख जारी गरेका छन् ।

स्रोत : बीमा समिति

चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै म्यादी जीवन बीमा शुल्क सूर्या लाईफ इन्स्योरेन्सले गरेको छ । सो कम्पनीले ४६ करोड रुपैयाँ संकलन गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ लाख ३३ हजार ६ सय ६५ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, नेशनल लाइफले ३ लाख ७२ हजार ४ सय ९९ वटा बीमालेख बिक्रि गरेर २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

नयाँ दुई कम्पनी मार्फत युनियन लाइफ इन्स्योरेन्स कम्पनी अगाडी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, रिलायबल लाइफले ६६ हजार २ सय ९५ वटा बीमालेख बिक्रि गरेर कम्पनीले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x