Prabhu Life Ad Final

बैंक अफ काठमान्डूको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

IME PAY

काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । बैंकले माघ १५ गतेबाट संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा रहेकोे ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो ।

लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

NCHL

यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसअघि बैंकले ३५ दिने सूचना जारी गरी यो सेयर बिक्री खुला गरेको थियो । सो समयमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणले पनि किन्ने सक्ने गरी बिक्री खुला गरेको हो । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x