नोबल कोरोना भाइरसबाट मर्नेको संख्या ५०० नाघ्यो

Citizen Life Insurance Co

एजेन्सीहरु । प्राणघातक नोबल कोरोना भाइरसबाट मर्ने मानिसहरुको संख्या पाँच सय पुगेको छ । मंगलबार मात्रै ६५ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । त्यस्तै हङकङमा पनि एक जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण चीनमा खर्बौ रुपैयाँ बराबरको आर्थिक क्षति पुगिसकेको छ । नोबेल कोरानो भाइरसका कारण दुईजनाबाहेक सबैको चीनमा मृत्यु भएको हो ।

विश्व स्थास्थय संगठनका अनुसार संसारभर झण्डै २५ हजारमा रोगको संक्रमण देखिएको छ । अमेरिका, जापान, सिंगापुर, फिलिपिन्स, बेलायत, भारत, नेपालसहित विश्वका २५ देशमा भाइरसका संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार