नवकिरण लघुवित्तको साधारण सभा फागुन १७ गते, यस्ता छन् एजेण्डा

Citizen Life Insurance Co

काठमाडौं । नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक साधारण सभा फागुन १७ गते हुने भएको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त सभा हार्दीक होटल बागबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभामा को प्रस्तावमा समूह ‘क’ संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै, अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिबाट गठित मर्जर तथा प्राप्ति उप समितिले गरेका निर्णय अनुमोदन गरी समर्थन प्रदान गर्ने लगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार