Prabhu Life Ad Final

स्वाभिमान लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो

IME PAY

काठमाडौं । स्वाभिमान लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा १ करोड १२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।संस्थाले गत बर्षको सोहि अवधिमा ८२ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा ३६ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा संस्थाको खुद ब्याज आम्दानी ३ करोड ४ लाख ४४ हजार रुपैयाँ र संचालन नाफा १ करोड ४३ लाख ९५ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

NCHL

पुस मसान्तसम्ममा संस्थाले ३३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८९ करोड ३२ लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको रिर्जभ कोषमा भने ३ करोड २४ लाख ७७ हजार रुपैयाँ संचित रहेको छ।

संस्थाको खराब कर्जा गत बर्षको तुलनामा बढेको छ । गत बर्षको सोहि अवधिमा संस्थाको खराब कर्जा ० दशमलव १४ प्रतिशत रहेको थियो भने चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ० दशमलव ८९ प्रतिशत पुगेको छ । संस्थाको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४३ पैसा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५० पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x