Prabhu Life Ad Final

उन्नति लघुवित्तको नाफा ४६ प्रतिशतले बढ्यो

IME PAY

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ३ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशतले संस्थाको नाफा बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ४८ लाख रुपैयाँ बढाएर ६ करोड ५८ लाख रुपैयाँ र्पुयाएको छ । त्यसैगरी, समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ४५ लाख रुपैयाँ बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

NCHL

पुस मसान्तसम्ममा ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा लघुवित्तले ६४ करोड ४३ लाख रुपैयाँ निक्षेप र १ अर्ब ७ करोड ९० लाख रुपैयाँ सापटीबाट १ अर्ब ६८ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ७० रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x