Prabhu Life Ad Final

एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क आर्जन २५ प्रतिशतले बढ्यो, यस्तो देखियो दोस्रो त्रैमास

IME PAY

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको अवधिमा कुल बीमाशुल्क आर्जन २५ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा ४८ करोड ६२ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोहि अवधिमा ३८ करोड ९८ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

NCHL

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले पुस मसान्तसम्ममा ५१ हजार ५ सय ५८ वटा बीमालेख जारी गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४१ हजार २ सय ७६ बीमालेख जारी गरेको थियो ।कम्पनीको खुद बीमाशुल्क आर्जन २२ प्रतिशतले बढेर २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १८ करोड ८० लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीले २ हजार ३ सय १४ वटा पोलिसीकोे दाबी बापत ९ करोड २५ लाख ८६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले २ हजार ७ सय ८४ वटा पोलिसीको १ अर्ब १४ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

१ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एभरेष्टको जगेडा कोषमा १६ करोड ९६ लाख २८ हजार रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै कम्पनी प्रति शेयर नेटवर्थ १ सय ३८ रुपैयाँ ८२ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x