रिलायन्स फाइनान्सको साधारण सभा फागुन १६ गते

Citizen Life Insurance Co

काठमाडौं । रिलायन्स फाइनान्सको १०औं वार्षिक साधारण सभा फागुन १६ गते हुने भएको छ । उक्त सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको २४८औं बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २८ गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माघ २७ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा कम्पनीले शेयरधनीका लागि आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्तापूँजीको ६ दशमलव ५८ प्रतिशतका नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर र एक्वीजीसन गर्ने सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशेधन गर्ने प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार