Prabhu Life Ad Final

विजय लघुवित्तको अधिकांश सूचक उत्साहजनक, यस्तो देखियो दोस्रो त्रैमास

IME PAY

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा वृद्धि तथा अन्य सूचकमा समेत प्रगति गरेको देखिन्छ ।

लघुवित्तले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा १३३ प्रतिशतले बढाएर ५ करोड ६६ लाख रुपैयाँ र्पुयाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

NCHL

लघुवित्तले यस अवधिसम्ममा चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँबाट बढाएर २२ करोड ४० लाख रुपैयाँ र्पुयाएको छ भने जगेडा कोषमा १० करोड ५७ लाख रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको जगेडा कोषमा ४ करोड ७३ लाख रुपैयाँ संचिती रहेको थियो ।

लघुवित्तले यस अवधिमा खुद ब्याज आम्दानी ७ करोड ६ लाख रुपैयाँबाट बढाएर १२ करोड ६३ लाख रुपैयाँ र्पुयाएको छ भने सञ्चालन नाफा ३ करोड २३ लाख रुपैयाँबाट बढाएर ८ करोड २ लाख रुपैयाँ र्पुयाएको छ ।

लघुवित्तले निक्षेप संकलन ४२ करोड ३३ लाख रुपैयाँबाट बढाएर ७३ करोड १७ लाख रुपैयाँ र्पुयाएको छ भने कर्जा प्रवाह २ अर्ब २ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ र्पुयाएको छ ।

वार्षिक प्रतिशेयर आम्दानी ५० रुपैयाँ ५६ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात १५.७४ गुणा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x