IME Life

कृषि विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकको मुनाफा २२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको छ महिनामा बैंकले मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दै बैंकले मुनाफा एक अर्ब ५८ करोड १७ लाख रुपैयाँ आर्जन गरेको जनाएको छ ।गत आवको समीक्षा अवधीमा एक अर्ब २८ करोड ८० लाख रुपैयाँ आर्जन गरेको बैंकले यस पटक २२.८० प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

बैंकको खुद ब्याज आम्दानी घटेको छ, यद्यपि निष्क्रिय कर्जा घटाएर सो लक्ष्य हासिल गरेको अपरिस्कृत वित्तीय विवरणबाट देखिएको छ । बैंकले गत पुस मसान्तसम्ममा एक खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । सञ्चालन अवधीमा बैंकले तीन अर्ब १७ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ३३ लाख रुपैयाँ कमी हो ।

वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा ४.५० प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा छ भने बैंकको मूल्य आम्दानी अनुपात १२.०१ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS