IME Life

सामुदायिक लघुवित्तको नाफा ३५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ३५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ करोड ३४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ८ करोड ६२ लाख ५८ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

गत वर्ष ३ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यो वर्ष बढाएर ४ करोड १८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा पनि १ करोड ५७ लाख ६८ हजार रुपैयाँबाट बढाएर २ करोड ५ लाख ९० हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको संचालन मुनाफा ३० प्रतिशतले बढी हो ।

यस त्रैमाससम्म ३९ करोड ५७ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २९ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यसले ८४ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

प्रतिसेयर आम्दानी २७ रुपैयाँ २० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ २६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS