छिमेक लघुवित्तको नाफा बढ्यो, यस्तो आयो दोस्रो त्रैमास

Citizen Life Insurance Co

काठमाडौं । चालु आर्थिक बर्षका दोस्रो त्रैमाससम्ममा छिमेक लघुवित्त संस्थानले ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत बर्षको सोहि अवधिमा ३९ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा संस्थाको खुद नाफा २२.७५ प्रतिशतले बढी भएको हो ।

संस्थाको खुद ब्याज आम्दानी ८० करोड ७५ लाख रुपैयाँबाट बढेर ९८ करोड ७६ लाख ७४ हजार रुपैयाँ पुगेको छ । संस्थाको संचालन नाफा ६० करोड १४ लाख ११ हजार रुपैयाँबाट बढेर ७४ करोड ५५ लाख ७१ शजार रुपैयाँ पुराउन सफल भएको छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ भने रिर्जभ कोषमा १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेर्टवर्थ २०१ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार