IME Life

काठमाडौंस्थित विमानस्थलको स्क्यानरले भेट्टायो कोरोना भाइरस !

SPIL
NIC ASIA

काठमाडौं । विदेशस्थित जहाजबाट नेपाल आएका यात्रुहरुको चेकजाँच गर्ने क्रममा विमानस्थलमा जडान गरिएको स्क्यानरले कोरोना भाइरस भट्टाएको छ । हङ्कङबाट काठमाडौं आएका एक व्यक्तिको स्क्यानिङको क्रममा शंकास्पद कोरोना डिटेक्ट गरेको हो ।

स्क्यानिङको क्रममा कोरोना भाइरस देखिएपछि थप परिक्षणको लागि त्यहाँबाट सिधैं पाटन अस्पताल पुर्याइएको छ । सो सम्बन्धमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रगतलगायतको नमुना परिक्षण गरिरहेको जनाएको छ । ति व्यक्तिको परिचय खुलाइएको छैन । उनलाई आइसोलेसनमा निगरानीमा राखेको अस्पतालले जनाएको छ ।

Prabhu
Crest

यसअघि पनि एक जना नेपालीमा कोरोना संक्रमण भेटिएको थियो । हाल उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको जनाइएको छ ।

संयुक्त राष्ट्र संघले कोरोना भाइरसका कारण विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ । नेपालले पनि कोरानो भाइरस फैलिन नदिन उच्च सतर्कता अपनाउँदै आएको छ । चीनको हुवावे प्रान्तको वुहानबाट फैलिएको कोरानो विश्वका दुई दर्जन देशमा फैलिईसकेको छ । हिजो फिलिपिन्समा एक जनाको मृत्यु भएपछि चीन बाहिर पनि यसको महामारी स्वरुप देखिन पुगेको छ । हालसम्म (यो समाचार तयार गर्दासम्म) मृतकको संख्या ३६१ जनाको मृत्यु भइसकेको छ भने १७ जनामा फैलिएको छ । चीन बाहेक विश्वका धेरै देशमा कोरोना भाइरस फैलिईसकेको छ ।

चीनको वुहानमा रहेको नेपालीहरुलाई चीन सरकारले निशुल्क उपचार गर्ने जनाएको छ भने नेपाल सरकारले पनि उपचारको व्यवस्था गरेको जनाएको छ । स्वास्थ्य बीमा बोर्डले समेत कोरोना भाइरसबाट कोही संक्रमित भएमा सूचिकृत भएको जुनसकै अस्पतालमा भर्ना भई उपचार गराएमा बीमा सुविधा प्राप्त गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS