IME Life

आचार संहिता बनाउँदै जीवन बीमक संघ, कर्मचारीलाई कुलिङ पिरियड !

SPIL
NIC ASIA

काठमाडौं । केही समय पहिले गठन भएको जीवन बीमक संघ आचार संहिता बनाउने अभियानमा जुटेको छ । आचार संहितामार्फत जीवन बीमा व्यवसायलाई अझै व्यवस्थित र मर्यादित बनाउने योजना अन्तर्गत कार्यदल बनाएर काम भइरहेको अध्यक्ष शिवनाथ पाण्डेले बताए ।

संघले निर्मलकाजी श्रेष्ठ, राज कुमार अर्याल र प्रविणरमन पराजुली रहेको कार्यदल बनाएर जीवन बीमा कम्पनीहरुका लागि आचार संहिता बनाउने काम सुरु गरिसकेको जनाएको छ । संघका सचिव पोषक पौडेलका अनुसार कुनै पनि समय सीमा नतोकी आचार संहिता बनाउन कार्यदल गठन गरिएको छ । कार्यदलले बढिमा एक महिनादेखि डेढ महिनासम्ममा आफ्नो प्रतिवेदन बुझाउने तयारीमा रहेको छ ।

Prabhu
Crest

जीवन बीमक संघले बनाउन लागेको आचार संहितामा बीमा कम्पनी सञ्चालन तथा जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीका लागि आचार संहिता लगाउने प्रस्ताव गरिएको छ । स्रोतका अनुसार आचार संहितामा कर्मचारीलाई पनि कुलिङ पिरियड लगाउने प्रस्ताव अघि सारिएको छ । १९ वटा जीवन बीमा कम्पनीहरुको साझा संस्था संघले जीवन बीमातर्फ सबैको ध्यानाकर्षण गराउन तथा व्यववसायलाई अझै मर्यादित र व्यवस्थित बनाउन स्वनियमन गर्ने योजना अघि बढाइएको अध्यक्ष शिवनाथ पाण्डेले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS