Prabhu Life Ad Final

इटहरीमा बस–माइक्रोबस दुर्घटना, चार जनाको मृत्यु

IME PAY

काठमाडौं । इटहरीमा आज विहानै एक सार्वजनिक बस र माईक्रोबस ठोक्किएर भएको विभत्स दुर्घटनामा चार जनाको मृत्यु भएको छ । इटहरीस्थित सुनसरीबाट सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आज बिहान एकआपसमा ठोक्किदा चार जनाको ज्यान गएको हो ।

NCHL

अत्याधिक गतिमा रहेको माइक्रोबस बससँग ठोक्किदा क्षतविक्षत भएको छ । माइक्रोबसमा सवार अन्य छ जना घाइते छन् । मृत्यु हुनेहरुमा झापा भद्रपुर घर भएर काठमाडौं बस्दै आएका ६५ वर्षीया डोलमाया कोइराला र ७५ वर्षीय हेमराज कोइराला, माइक्रो चालक धादिङ बैरेनीका २८ वर्षीय दीपक खड्का र भक्तपुरकी गरिमा गौतमको मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । सार्वजनिक सवारी साधन ठोक्किएर भएको दुघट्नामा तेस्रो पक्ष बीमा तथा यात्रु बीमा दावी पर्ने देखिएको छ । बीमा दावी झण्डै ५० लाख पुग्ने अनुमान छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x