IME Life

अन्ततः इयुबाट बाहिरियो बेलायत, आर्थिक प्रभाव के पर्ला ?

SPIL
NIC ASIA

काठमाडौं । अन्य दिनभन्दा आजको शनिवार बेलायतीहरुको लागि भिन्न रह्यो । युरोपेली युनियनसँगको ४७ वर्ष लामो आबद्धतालाई त्याग्दै बेलायत अलग भएसँगै बेलायतमा नयाँ विहानी सुरु भएको प्रधानमन्त्री बोरिस जोन्सनले उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बेलायतमा इयुसँगको अन्तिम रात भव्य रुपमा मनाइएको छ । हजारौं नागरिक झण्डासहित रातको १२ बजेको प्रतिक्षा गरेका थिए ।

Prabhu
Crest

बेलायत बाहिरिएसँगै युरोपियन युनियनको हेडक्वाटरबाट बेलायतको झण्डा बाहिर राखिएको छ । अब बेलायत औपचारिक रुपमा युरोपेली युनियनबाट बाहिरिएको हो । इयुसँगै रहने वा अलग्गिने भन्ने सम्बन्धमा बेलायतमा केही समयदेखि चर्को राजनीतिक विभाजन भएको थियो । जोन्सन प्रधानमन्त्री बनेदेखि नै बेलायतले ऐतिहासिक निर्णय गर्ने बताएका थिए । जुन आजबाट लागू गरेका छन् ।

बेलायत आधिकारिक रूपमा यूरोपेली संघबाट लण्डनको समय अनुसार राति ११ बजे बहिर्गमन भएपनि सुरुमा ११ महिनाको संक्रमणकालीन अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि ईयू नियमको पालना गर्ने सहमति भएको छ । आगामी ११ महिनापछि भने बेलायतमाथि इयुको कुनै पनि नियम वा कानुनले प्रभाव पार्नेछैन । आर्थिक रुपमा तत्काल ठूलो परिवर्तन नभएपनि आगामी ११ महिनाभित्रैमा युरोप र बेलायतमा भने व्यापक प्रभाव पार्ने देखिएको छ ।

इयुका प्रभावशाली नेता जर्मन चान्सलर एन्जेला मार्केल तथा फ्रान्सका राष्ट्रपति इम्मानुयल मार्कोलले समय बिगारेर बस्नुभन्दा बाहिरिएकै राम्रो भन्ने प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ । बेलायतको बहिर्गमनसँगै युरोपेली नेताहरुले युरोपमा पनि नयाँ दिनको सुरुवात गर्ने घोषणा गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS