IME Life

प्रदेश नं २ मा ‘छोरी शिक्षा बीमा’को रकम बढाएर तीन लाख पुर्याइयो

SPIL
NIC ASIA

काठमाडौं । प्रदेश नं २ सरकारले अभियानको रुपमा सञ्चालन गरेको छोरी शिक्षा बीमा परियोजना एक लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्याएको छ । शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरी छोरी शिक्षा बीमा कार्यक्रमको बीमा रकम एक लाख रुपैयाँबाट तीन लाख रुपैयाँ पुर्याइएको बताए ।

तर, प्रदेश २ सरकारलाई झुक्याएर प्रभु बैंकले मुद्दति खाता खोलेर छोरी बीमा गरेको भन्दै अबैध रुपमा बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । प्रदेश नं २ सरकारले महत्वाकांक्षी योजनाको रुपमा अघि बढाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम अन्तर्गत २०७५ माघ १ पछि जन्मेको बालिकाको तीन लाख रुपैयाँको बीमा गरिने छ । बालिकाको उमेर २० वर्षपुगेपछि तीन लाख रुपैयाँ पाउनेछन् ।

Prabhu
Crest

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले छोरी शिक्षा बीमा अभियानको रकम बृद्धि गर्ने निर्णय गरेको हो । बैठकको निर्णय प्रदेश सरकारले शुक्रबार नै पत्रकार सम्ेमलन गरी जानकारी गराएको हो । यसअघि प्रति बालिका १३ हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेको प्रदेश २ सरकारले अब झण्डै ४० हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्नेछ । हालसम्म करिब पाँच हजार जना बालिकाको छोरी शिक्षा बीमा अन्तर्गत बीमा गरिएको प्रदेश २ सरकारले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS