Prabhu Life Ad Final

फेसबुक र ट्वीटरमार्फत हुने विज्ञापनमा राष्ट्र बैंकको अंकुश

IME PAY

काठमाडौं । अबदेखि सामाजिक सञ्जाल फेसबुक, युट्युव तथा ट्वीटरमार्फत विज्ञापन गरी व्यापारिक प्रमोशन गर्न नपाइने भएको छ । कम्पनीहरुले सामाजिक सञ्जालमा स्पोन्सर अन्तर्गत अबैध रुपमा पैसा तिरेर विज्ञापन गर्ने प्रवृत्ति बढेपछि केन्द्रीय बैंकले नियमनको दायराभित्र ल्याएको हो । अनलाईन विज्ञापन बापत ठूलो रकम अबैध रुपमा विदेश पुगेको अनौपचारिक तथ्याङ्क छ ।

राष्ट्र बैंकले अबैध रुपमा विदेशमा रकम पठाई अनलाईनबाट गरिने विज्ञापन अवैधानिक भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न भनेको छ । राष्ट्र बैंकले त्यस्तो रकम भुक्तानी पाउने तथा पठाउने दुवै काम गैर कानुनी भएको ठहर गर्दै तत्काल नियमन गर्ने जनाएको हो ।

NCHL

नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर र युट्युवसहितका अनलाईनका माध्यमबाट गरिने विज्ञापनलाई कानुनी दायराभित्र रहेर काम गर्न भनेका छन् । मिश्रद्वारा जारी सूचनामा औपचारिक सरकारी च्यानल प्रयोग नगरी अनलाईनमा विज्ञापन कारोबारबापत लेनदेन गरेको पाएमा विदेशी विनिमय ऐन २०१९ बमाजिम कारवाही हुने समेत प्रष्ट पारेका छन् ।

बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले समेत प्रसारको लागि सामाजिक सञ्जाल प्रयोग गर्दै आएकोमा अब सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने कार्य कठिन हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x