Prabhu Life Ad Final

कर्णाली प्रदेशले अझै तिरेन साढे १७ लाख जनताको बीमा शुल्क

IME PAY

काठमाडौं । गत असोज १ गते पाँचौं संविधान दिवसको अवसरमा तामझामका साथ कर्णाली प्रदेशका सबै जनताको बीमा गरिएको भन्दै सम्झौता गर्ने कर्णाली प्रदेश सरकारले अझै बीमा शुल्क तिरेको छैन । बीमा शुल्क भुक्तानी नभएका कारण सम्झौता भएर पनि कर्णालीका जनताले सामूहिक दुर्घटना बीमा सुविधा पाउन सकेका छैनन् ।

बीमा सम्झौता गरेपनि बीमा शुल्क भुक्तानी नगरेकाले असोज १ गते यता विभिन्न दुर्घटनामा मृत्यु भएका कर्णालीबासीले बीमा दावी भुक्तानी पाउन सकेका छैनन् । चिसोको मुख्य सिजनमा समेत कर्णाली प्रदेश सरकारले बीमा शुल्क भुक्तानीमा चासो नदेखाएको स्थानीयबासीको आरोप छ । समयमा बीमाशुल्क भुक्तानी नहुँदा साढे १७ लाख जनताको सामूहिक दुर्घटना बीमाले औपचारिकता पाउन सकेको छैन ।

NCHL

कर्णाली प्रदेश सरकारले बीमा शुल्क भुक्तानी गर्ने अन्तिम अवस्थामा पुगिसकेको जनाएपनि भुक्तानी भइनसकेकाले जनताले बीमा सुविधा पाउन नसकेका हुन् । राष्ट्रिय बीमा कम्पनीमा गरिएको सो सामूहिक दुर्घटनाको बीमा शुल्क ल्याउने अन्तिम तयारी भइरहेको प्रतिक्रिया सो कम्पनीका अधिकारीले दिएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x