सरस्वती पूजामा सानिमा बैंकको छुट, एक सयको रिर्चाज सित्तैमा

Citizen Life Insurance Co


काठमाडौं । सानिमा बैंकले सरस्वती पूजाको उपलक्ष्यमा विशेष छुट प्रदान गर्ने भएको छ । बैंकले आफनो नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंकले दुबै सुविधा एकैसाथ उपभोग गर्दा १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप सुविधा पाउने व्यवस्था गरेको छ । बैंकले माघ १६ र १७ गतेका लागि लागू हुने गरि यो योजना ल्याएको हो । यो योजना विधार्थीवर्गहरुमा मात्र लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार