Prabhu Life Ad Final

नेप्से ५ अंकले बढ्दा अर्बमाथिको कारोबार, बीमा र लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता

IME PAY

काठमाडौं । आज भने सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह र निर्जीवन बीमा समुह क्रमशः २ दशमलव १९ र २ दशमलव ६ प्रतिशतले बढेका छन् ।

आज दिनभरिमा १ सय ७८ कम्पनीको ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै गालेबल आइएमई बैंकको ९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

NCHL

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको भएको छ । नेको इन्स्योरेन्सका कम्पनी र नेपाल बैंक, नागरिक लगानी कोष, गुराँस लाइफ, एशियन लाइफ, प्राइम लाइफको ४ करोडमाथिको कारोबार भएको छ ।

शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्त, नागरिक लगानी कोष, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, समृद्धि फाइनान्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् । रसुवागडी हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, सिन्धु विकास बैंक साल्ट ट्रेडिङ, ओरिएण्टल होटल लगायतका लगानीकर्ताले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x