सेन्ट्रल फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Citizen Life Insurance Co

काठमाडौं । सेन्ट्रल फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले माघ १३ गते स्वीकृती दिएको हो । अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

फाइनान्सको पौष २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५र७६ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार