एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर पाउन कहिलेसम्म बन्ने शेयरधनी

Citizen Life Insurance Co

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकको निर्णयले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यद्यपी माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।

कम्पनीले १०ः६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार