IME Life

नेपाल बैंकको नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड १४ लाख खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब ५९ लाख ८२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा ६८ करोड ३७ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको निक्षेप सङ्कलन, खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा पनि घटेको छ । यस अवधिसम्ममा १ खर्ब १७ अर्ब १२ करोड निक्षेप सङ्कलन गरेको यस बैंकले ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै, २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५७ करोड ७८ लाख रुपैयाँ घटेर १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँमा झरेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ २९७ रुपैयाँ ५५ पैसा रहेको छ । कष्ट अफ फण्ड १.६१ प्रतिशत विन्दुले बढेको छ । निष्क्रिय कर्जा २.७४ प्रतिशतबाट घटेर २.६६ प्रतिशतमा सीमित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS