Prabhu Life Ad Final

२३ अंकले बढ्यो नेप्से, कुल ९१ करोडमाथिको कारोबार हुँदा नेपाल लाइफको सर्वाधिक कारोबार

IME PAY

काठमाडौं । आज नेप्से दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से २३ दशमलव ९५ अंकले बढेर १३०० दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै ट्रेडिङ समुह ४ दशमलव ४७ प्रतिशतले बढेको छ ।

हिजो आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको थियो । हिजो नेप्से २० दशालव ७९ अंकले घटेर १,२७६ दशमलव ६८ को विन्दुमा कायम भएको थियो । हिजो सबै उपसूचकहरु घटेका थिए ।

NCHL

आज दिनभरिमा १ सय ८० कम्पनीको २४ लाख ९ हजार २ सय ६२ कित्ता शेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको
८ करोड १४ लाख रुपैयाँमाथिके कारोबार भएको छ ।

त्यस्तै, ग्रामीण विकास लघुवित्तको ४ करोड ६८ लाख रुपैयाँ , ग्लोबल आइएमई बैंकको ५ करोड २६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड, प्राइम कर्मियल बैंक, गुराँस लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त रनेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

समिट लघुवित्त वित्तीय संस्था, नेरुडे माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, ज्योति विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, यूनाइटेड फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स, नविल समृद्धि फण्ड, एनएमबि हाइब्रिट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x