मृगौलियामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

Citizen Life Insurance Co

काठमाडौं । सनराइज बैंक लिमिटेडले मोरङ्गकको मृगौलियामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरी लाल चौधरी र सुन्दरहरैचा नगरपालिका सदस्य राम लाल गछधारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि देव नारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन भयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार