IME Life

तेस्रो पक्ष बीमा पुलको मोडालिटीः ७ गतेभित्र बुझाउने, १५ गते पुनर्बीमा कम्पनीले बाँडफाँड गर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमक संघले तेस्रो पक्ष बीमा पुलको मोडालिटी तयार पारी स्वीकृत गरेको छ । यही माघ १ गतेदेखि लागू भएको तेस्रो पक्ष बीमाको मोडालिटी अनुसार हरेक बीमा कम्पनीहरुले अघिल्लो महिनाको कारोबार प्रत्येक दोस्रो महिनाको ७ गतेभित्र नेपाल पुनर्बीमा कम्पनीमा पठाईसक्नेछन् । त्यसैगरी, पुनर्बीमा कम्पनीले पनि ७ दिनभित्र बीमा शुल्क बाँडफाँड गरी प्रत्येक महिनाको १५ गतेभित्रमा कम्पनीहरुलाई पठाउनेछ ।

Prabhu
Crest

पुलमार्फत सञ्चालनको लागि काउन्टर राख्न भने गोलाप्रथामार्फत कम्पनीहरुलाई काउन्टर चयन गरिएको छ । हिजो साँझ बसेको बीमक संघको बैठकले पुलमार्फत काउन्टर चयन गरेको हो । प्रत्येक कम्पनीलाई कम्तीमा तीन वटा काउन्टर सञ्चालन गर्ने भाग परेको बीमक संघले जनाएको छ ।

तेस्रो बीमा पुलमार्फत गर्न सुरु भएपछि बिचौलिया प्रथाको अन्त्य भएको छ । साथै बीमा प्रियिमयबाट कमिशन दिनुपर्ने प्रथाको पनि अन्त्य भएको छ । सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्न बीमा समितिले स्वीकृति दिएपछि संघको नेतृत्वमा विगत तीन महिनादेखि गृहकार्य हुँदै आएको थियो । तेस्रो पक्ष बीमा पुलमा २० वटै कम्पनी सहभागी छन् । तेस्रो पक्ष बीमा पुलको व्यवस्थापनको जिम्मा नेपाल पुनर्बीमा कम्पनीलाई दिने निर्णय यसअघि नै भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS