Prabhu Life Ad Final

चार वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले बढायो सर्वाधिक मुनाफा?

IME PAY

काठमाडौ । माघ १३ गते सम्म ४ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंक रहेका छन्।

चार वाणिज्य बैंक मध्ये एनआईसी एसिया बैंकले खुद नाफा ३३ दशमलव ४० प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने सानिमा बैंकले खुद नाफा १६ दशमलव ८४ प्रतिशत वृद्धि  गर्न सफल भएको छ।  एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद मुनाफा गरेको छ भने सानिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ

NCHL

सिद्धार्थ बैंक र सिटिजन्स बैंकको खुद मुनाफा भने घटेको छ। सिद्धार्थ बैंकको खुद मुनाफा ४ दशमलव ०१ प्रतिशतले घट्दै १ अर्ब २ करोड पुगेको छ भने सिटिजन्स बैंकको खुद मुनाफा १० दशमलव ७३ प्रतिशतले घट्दै ६८ करोड ७७ लाख पुगेको छ।

त्यस्तै एनआईसी एसिया बैंक र सानिमा बैंकको प्रति शेयर आम्दानी क्रमश:२१ दशमलव २७ र ६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने सिटिजन्स बैंक र सिद्धार्थ बैंकको प्रति शेयर आम्दानी क्रमश: १३ दशमलव ३३ र १२ दशमलव ८४ प्रतिशतले घटेको छ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x