लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

Citizen Life Insurance Co

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० दशमलव २३७५ प्रतिशत लभांश दिने घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १० दशमलव २३७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४८७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ८८ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार