IME Life

कामना सेवा विकास बैंकले कमायो १४ करोड ८५ लाख नाफा

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ७ दशमलव ४९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा भने ५९ करोड रुपैयाँ छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५७ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढी हो । गत वर्ष ३७ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, सञ्चालन नाफा पनि बढाएको छ । समिक्षा अवधिमा बैंकले २१ करोड ११ रुपैयाँ संचालन मुनाफा गरेको छ । गत आचर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ६८ लाख रुपैयाँ मात्र संचालन मुनाफा गरेको थियो ।

बेंकले पुस मसान्तसम्म २७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले खराब कर्जा पनि घटाएर १.३७ प्रतिशतमा झारेको छ । गत वर्ष खराब कर्जा १.६७ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS