IME Life

इसेवा ११ औं वर्षमा, खाता खोल्नेको संख्या ३० लाख

SPIL
NIC ASIA

काठमाडौं । विद्युतीय भुक्तानीको सरल माध्यम बनेको इसेवा ११ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० को जनवरी २५ देखि नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा डब्लुडब्लुडब्लु इसेवाडटकमले आफ्नो कारोबार सुरु गरेको थियो । इसेवा आजबाट ११ औँ वर्षमा प्रवेश गरेको हो ।

इन्टरनेटको माध्यमबाट मोबाईल एप्स तथा ब्राउजरबाट रकम भुक्तानी गर्न सकिने इेवा ११ वर्षमा ३० लाखले खाता खोलेको इसेवाले जनाएको छ । मोबाईल ब्यालेन्स ट्रान्सफर, विद्युतीय रकम भुक्तानी, विद्युत प्राधिकरण तथा टेलिफोनको बिल भुक्तानीको मुख्य माध्यम बनेको इसेवाबाट अन्य दैनिक उपभोग्य बस्तु समेत खरिद गर्न मिल्नेछ । त्यसैगरी, रकम ट्रान्सफर, बीमाको प्रिमियम भुक्तानी गर्न इसेवा प्रभावकारी बनेको छ ।

Prabhu
Crest

हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगेको छ । इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् ।
एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS