IME Life

दुई महिनाभित्रै अर्थमन्त्री, गभर्नर र अर्थ सचिव घर जाँदै

SPIL
NIC ASIA

काठमाडौं । मुलुकको विद्यमान आर्थिक नीतिमा आगामी दुई महिनाभित्रैमा ठूलै परिवर्तन हुँदैछ । अर्थमन्त्रालयको नेतृत्व गरिरहेका अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थ सचिव डा. राजन खनाल, गभर्नर डा. चिरञ्जिवी नेपालसहितका आर्थिक नीति बनाउने र परिचालन गर्ने टिम नै फेरिदैछन् । त्यसपछि मुलुकको आर्थिक नीति नयाँ ढंगले अघि बढ्नेछ ।

कुनै अप्रिय निर्णय भएन र डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्री बनाउने गरी मन्त्रिपरिषदको बैठकबाट छ वर्षको लागि राष्ट्रिय सभामा लगिएन भने फागुन २० गतेपछि उनको अर्थमन्त्रालयको यात्रा बन्द हुनेछ । वर्तमान अर्थमन्त्रीले शेयर लगानीकर्ताको हितमा काम नगरेको र उनकै संकुचित व्यवहारका कारण शेयर बजार माथि उठ्न नसकेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् । हुनपनि उनी अर्थमन्त्री भएदेखि ओरालो लागेको शेयर एक हजार दुई सय वरिपरि नै घुमिरह्यो ।

Prabhu
Crest

आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्थसचिव डा. राजन खनाल पनि यही माघ २२ गतेदेखि अनिवार्य अवकास लिँदैछन् । खनाल झण्डै पाँच वर्षदेखि नेपालको अर्थतन्त्रको मेरुदण्डमा रहेर भूमिका निर्वाह गरी विदा हुँदैछन् । उनको पिएचडी संस्कृतिबाट भएकोले उनी गभर्नर भने हुँदैनन् । यसअघि केही सञ्चार माध्यमले उनलाई गभर्नर बनाउने हल्ला गरेका थिए । गभर्नर हुन योग्यता नपुग्ने भएपनि उनलाई कतै महत्वपूर्ण पदमा जिम्मा लगाउने तयारीमा सरकार रहेको बुझिएको छ ।

उता, आगामी चैत्रबाट गभर्नर डा. चिरञ्जीवी नेपालले विदा लिँदैछन् । पाँच वर्षका लागि तत्कालिन सुशिल कोइराला सरकारको पालामा डा. रामशरण महत अर्थमन्त्री हुँदा २०७१ चैत्र ५ गते गभर्नरमा नियुक्त भएका डा. नेपाल बाम नेतृत्वको सरकारसँग पनि दुई वर्ष काम गर्दै विदा लिन लागेका हुन् । उनको पाँच वर्षे कार्यकाल चैत्र ४ गते सकिदैछ ।

अर्थमन्त्री, अर्थसचिव र गभर्नर देशको अर्थनीतिका खम्बा हुन् । तीन वटै सेट फेरिएपछि नयाँ बन्ने अर्थमन्त्री, अर्थसचिव र गभर्नरका कारण मुलुकको अर्थनीतिमा महत्वपूर्ण परिवर्तन हुनेछ ।

दीर्घकालिन आर्थिक नीति भएपनि पालना गर्ने परिपाटी नभएको र व्यक्ति केन्द्रीत आर्थिक नीति हुने नेपाल जस्तो देशमा नयाँ नेतृत्व आएपछि कस्तो हुन्छ भनेर हेर्न भने केही समय प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS