IME Life

मितेरी डेभलपमेन्ट बैंकको नाफा २४% ले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष १६ करोड ९३ लाख रुपैयाँ रहेको छ । वितरण योग्य मुनाफा ३ करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ लाख ८५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २ करोड ३७ लाख ४ हजार रुपैयाँ बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब २४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप संकलन २३ प्रतिशतले बढेको हो भने कर्जा लगानी २१ प्रतिशतले बढेको हो ।

बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रति शेयर आम्दानी १ रुपैयाँ ७९ पैसा बथियो । बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS