प्रिमियर इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

Citizen Life Insurance Co

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले विरगंज महानगरका मृतक फायरमैन बुनिलाल चौरासियाकी पत्नीलाई १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको विरगंज शाखामार्फत विरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिम्लाले सयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक दिपेन्द« गौतम, प्रदेश नं २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रिय अधिकृत शशि विचित्र लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार