IME Life

एनएमबि लघुवित्तको अधिंकाश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै अन्य सूचकमा आकर्षक वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड ९० लाख ६७ हजार रुपैयाँ नाफा कमाएको। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३७५.३१ प्रतिशतले बढी हो ।

Prabhu
Crest

२१ करोड रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्त वित्तीय सस्थाले १७ करोड रुपैयाँ जगेडा कोषमा सञ्चिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा ९ करोड रुपैयाँ संञ्चिती थियो ।

खुद ब्याज आम्दानी १३ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड रुपैयाँ मात्र खुद व्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालन नाफा ४ करोड रुपैयाँ गरेको गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५६ लाख रुपैयाँ गरेको थियो ।

प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८६ पैसाले बढेर ४६ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १८३ रुपैयाँ ५२ पैसा छ । खराब कर्जा घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS