Prabhu Life Ad Final

सिद्धार्थ बैंकले कमायो १ अर्ब २ करोड खुद मुनाफा

IME PAY

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष सिद्धार्थ बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा बैंकको दुद व्याज आम्दानी २१ प्रतिशतले बढेको छ भने संचालन मुनाफा घटेको छ ।

NCHL

सिद्धार्थको निक्षेप संकलन १८.९५ प्रतिशतले बढेको छ । कर्जा लगानी पनि २१.३९ प्रतिशत बढाउन बैंक सफल भएको छ । हाल सिद्धार्थको चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको छ । जगेडा कोष भने गत वर्षको भन्दा २५.७५ प्रतिशतले घटेको छ

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १३ पैसाले घटेर २१ रुपैयाँ ५७ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा थियो । प्रतिसेयर नेटवर्थ पनि ७.७६ रुपैयाँले घटेर १५० रुपैयाँ ७२ पैसामा खुम्चिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x