IME Life

सानिमा बैंकको नाफा १ अर्ब १४ करोड, इपीएस कति ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९८ करोड २० लाख खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी १३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ मात्र संचालन मुनाफा गरेको थियो । यस अवधिसम्ममा बैंकले ९९ अर्ब ३० करोड निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ १५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १३.१२ गुणा कायम रहेको छ ।

८ अर्ब ८० करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटेन्ड अर्निङ्ग १ अर्ब १ करोड ७९ लाख रहेको छ भने वितरण योग्य मुनाफा ९५ करोड ९ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS