IME Life

दावी भुक्तानी निर्देशिका जारी गर्न छलफल गर्दै बीमा समिति

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले दावी भुक्तानीलाई व्यवस्थित र बैज्ञानिक बनाउन छुट्टै निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ । हाल मस्यौदा निर्माणको चरणमा रहेको सो निर्देशिकामार्फत जीवन तथा निर्जिवन बीमा कम्पनीहरुलाई दावी भुक्तानीको समयसीमामा बाँधिनेछ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनी तथा बीमितका बीचमा छुट्टै संयन्त्र मार्फत दावी भुक्तानी गर्ने व्यवस्था मिलाउने गरी ड्राफ्ट बनाउने कार्य भइरहेको बताए । बीमा समितिका अनुसार हाल सबै बीमा कम्पनीहरु तयार भइरहेकै संयन्त्रलाई निर्देशिकामार्फत व्यवस्थित गर्न मात्रै खोजिएको हो । सबै बीमा कम्पनीहरुमा दावी भुक्तानी विभाग रहेका छन् । सोही विभागलाई बीमा दावी भुक्तानीको औपचारिक सम्पर्क माध्यम बनाउने विषय मस्यौदा निर्देशिकामा राखिएको छ ।

Prabhu
Crest

प्रस्तावित निर्देशिकामा जीवन बीमा कम्पनीहरुका लागि परिपक्व भएको बीमाको दावी भु्क्तानी ७ सात दिनभित्र गरिसक्नुपर्ने, निर्जिवन बीमा कम्पनीहरुले आवश्यक कागजात बुझाएको ३५ दिनभित्रमा दावी भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सर्भेयरलाई समेत निश्चित समय सीमा तोकेर क्षतिको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ । सर्भेयरले १५ दिनभित्रमा प्रतिवेदन सम्बन्धीत बीमा कम्पनीमा बुझाईसक्नुपर्ने छ ।

यद्यपि तयार हुँदै गरेको निर्देशिकाको सम्बन्धमा बीमा समितिले सरोकारवाला निकायसँग छलफल गर्न भने बाँकी छ । बीमा समितिले हाल एउटा फ्रेमवर्कमा रहेर मस्यौदा तयार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक पौडेलले छलफलमा आएका सुझावहरुलाई समेत ध्यानमा राखेर आवश्यक परिमार्जन तथा संशोधन पछि नयाँ निर्देशिका जारी हुने बताए ।

बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुसँग सामान्य छलफल गरेको एक निर्जिवन बीमा कम्पनीका सिईओले बताए । तर, छलफल अझै बाँकी रहेको जनाइएको छ । सर्भेयरलाई प्रस्ताव गरिएको १५ दिन समय समेत अर्पाप्त रहेको गुनासो सर्भेयरहरुको छ । जीवन बीमा कम्पनीसँग छलफल हुन बाँकी रहेकोछ । यद्यपि जीवन बीमा कम्पनीहरुको दावी भुक्तानी खासै जटिल नहुने हुँदा निर्जिवन बीमा कम्पनी र सर्भेयरसँग छलफल एक वा बहुचरणमा छलफल हुनेछ । निर्जिवन बीमा कम्पनीहरुले आइतबार बस्ने बीमक संघको बैठकमा छलफल गर्ने तयारी भइरहेको एक सदस्यले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS