एनआईसी एशिया लघुवित्तले ४७ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

Citizen Life Insurance Co

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार