IME Life

नेपाल एयरलाइन्सका दुई दर्जन पाईलटद्वारा सामूहिक राजिनामा, अन्तर्राष्ट्रिय उडान ठप्प हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले नेपाल भ्रमणवर्ष २०२० को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलाइरहेको बेला राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका दुई दर्जन पाईलटले सामूहिक राजिनामा दिएका छन् । अन्तर्राष्ट्रिय उडानमा जहाजका कमाण्डिङ गर्ने पाईलटले नै राजिनामा दिएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स अप्ठेरोमा पर्ने भएको छ ।

नेपालका बरिष्ठ पाईलटहरुले समेत राजिनामा दिएका छन् । निगममा सरकारको चरम राजनीतिक हस्तक्षेप र व्यवस्थापनका कारण उठ्नै नसक्ने गरी थला पारिएको, भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै निगममा कार्यरत कूल ४० जना पाईलट मध्ये २५ जनाले राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा बरिष्ठ पाईलट श्रवण रिजाल, बिजय लामासहितका पाईलटहरु छ निगममा कार्यरत कूल ४० जना पाईलट मध्ये २५ जनाले राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा बरिष्ठ पाईलट श्रवण रिजालसहितका पाईलटहरु छन् ।

Prabhu
Crest

राजिनामा दिएका मध्ये १० जना क्याप्टेन रहेका छन् भने १५ जना कोपाईलट रहेको पाईलट श्रवण रिजालले बताए । कूल २७ जना नेपाली पाईलट मध्ये २५ जनाले राजिनामा दिएका हुन् । निगममा अब १३ जना क्याप्टेन मात्रै बाँकी रहेका छन् । एयरबस उडाने दक्षतायुक्त पाईलटको अभाव भइरहेको बेला निगमका भएकै पाईलटले सामूहिक राजिनामा दिएका हुन् ।

पाईलटको सेवा सुविधा न्यून भएको गुनासो छ । बार्षिक १५ लाख रुपैयाँ कर तिर्नुपर्ने पाईलटले मासिक दुई÷तीन लाख रुपैयाँ तलवमा काम गर्न बाध्य हुँदै आएका छन् । मुख्य माग विदेशी पाईलट र नेपाली पाईलटका बीचमा सेवा सुविधामा भएको विभेद भएको बताइन्छ । एउटै बोर्डमा उड्ने जहाजका पाईलटलाई कसैलाई थोरै त कसैलाई दोब्बर तलव दिएकाले पनि नेपाली पाईलटहरुले सामूहिक रुपमा राजिनामा दिन बाध्य भएका एक पाईलटले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS