IME Life

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, इपीएस ६० रुपैयाँ ६५ पैसा

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा आकर्षक नाफामा वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ३ सय प्रतिशतले बढी हो ।

Prabhu
Crest

यस अवधिसम्म लघुवित्तले १४ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १८ लाख रुपैयाँ खु्द व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद व्याज आम्दानी १ सय ७७ प्रतिशतले बढी हो ।

त्यस्तै, सञ्चालन नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२५ प्रतिशतले बढी हो ।

प्रतिसेयर आम्दानी २५ रुपैयाँ १५ पैसाले बढेर ६० रुपैयाँ ६५ पैसा पुगेको छ । प्रति शेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS