नेरुडे लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

Citizen Life Insurance Co

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आज बिहीवारदेखि गत आवको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीको विक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

पुस २८ गते सम्पन्न उक्त कम्पनीको १३ औं वार्षिक साधारण सभाले गत आवको नाफाबाट ५ दशमलव ७९ प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार